FLASH NEWS
  • Loading...

अस्ट्रेलियासँगको दोस्रो टेस्टमा भारत विजयी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail


बैंग्लोरमा भएको खेलमा घरेलु टोली भारत अस्ट्रेलियासँगको दोस्रो टेस्टमा विजयी भएको छ । भारतले भ्रमण टोली अस्ट्रेलियालाई ७५ रनले हराएको हो । दोस्रो पारीमा जितका लागि एक सय ८८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले बुधबार सबै विकेट गुमाएर एक सय १२ रन बनायो । भारतले पहिलो पारीमा एक सय ८९ र दोस्रो पारीमा दुई सय ७४ रन बनाएको थियो । अस्ट्रेलियाले पहिलो पारीमा दुई सय ७६ रन बनाएकोमा दोस्रो पारीमा भारतीय बलर सामु अस्ट्रेलियन ब्याट्सम्यान टिक्न सकेनन् । भारतका रविचन्द्रन आश्विनले ४१ रन दिएर ६ विकेट लिए । पहिलो दुई दिन खेलमा अस्ट्रेलियाको पकड थियो । तर दोस्रो पारीमा भारतले राम्रो प्रदर्शन गरे । भारतले दोस्रो पारीमा दुई सय ७४ रन बनाएकोमा अस्ट्रेलियाका जोश हेजलवुडले ६७ रन दिएर ६ विकेट लिएका थिए ।जितसँगै भारतले चार टेस्टको श्रृँखलामा १–१ को बराबरी गरेको छ । पहिलो टेस्टमा अस्ट्रेलिया तीन सय ३३ रनले विजयी भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित