FLASH NEWS
  • Loading...

बार्यन म्युनिख १०–२ ले विजयी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail


जर्मन बुन्डेस लिगा क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा इंग्लिस क्लब आर्सनलमाथि शानदार जित दर्ता गर्दै बार्यन म्युनिखले अन्तिम ८ मा स्थान पक्का गरेको हो । पहिलो लेगमा जस्तै दोस्रो लेगमा पनि ५–१ को जित निकाल्दै समग्रमा १०–२ को जितसहित बार्यन म्युनिखले अन्तिम ८ मा स्थान बनाएको हो । आर्सनलको मैदानमा भएको खेलमा सुरुवाति अग्रता भने घरेलु टोलीले नै लिएको थियो । २० औं मिनेटमा थियो वालकोटले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर दोस्रो हाफ उसका लागि घातक बन्यो । ५४ औं मिनेटमा लोरेन्ट कोरिएल्नी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भयो । त्यसपछि बार्यन म्युनिखले पाँच गोल गर्‍यो । बार्यनका लागि अटुरो भिडालले दुई तथा रोबर्ट लेवान्डोस्की, आर्जेन रोबिन र डुग्लस कोस्टाले एक एक गोल गरे । ५५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै लेवान्डोस्कीले बार्यनका लागि बराबरी गोल फर्काए । ६८ औं मिनेटमा रोबिन र ७८ औं मिनेटमा कोस्टाले गोल गरेपति बार्यनले ३–१ को अग्रता लियो । भिडालले ८० र ८५ औं मिनेटमा गरी दुई गोल गरेपछि बार्यन म्युनिख ५–१ ले विजयी भयो । योसँगै आर्सनल लगातार सातौं सिजन च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । समग्रमा १०–२ को हार इंग्लिस क्लबले च्याम्पियन्स लिगमा बेहोरेको अहिलेसम्मकै खराब हार हो । सन् १९९८ पछि आर्सनलले घरेलु मैदानमा बेहोरेको यो सबै भन्दा ठूलो हार हो । आर्सनल सन् १९९८ मा लिग कपमा चेल्सीसँग घरेलु मैदानमा ५–० ले हारेको थियो । च्याम्पियन्स लिगको इतिहासमा यो समग्रमा अहिलेसम्मकै दोस्रो फराकिलो अन्तरको हार हो । यसअघि सन् २००९ मा बार्यन म्युनिखले नै स्पोर्टिङ लिस्बोनलाई समग्रमा १२–१ ले हराएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित