FLASH NEWS
  • Loading...

किङ खान राष्ट्रिय पुरुष इन्डोर हक्की हुने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८३ पटक पढिएको
Post Thumbnail


काठमाडौँ हक्की क्लब र नेपाल हक्की सङ्घको संयुक्त आयोजनामा किङ खान राष्ट्रिय पुरुष इन्डोर हक्की प्रतियोगिता आगामी चैत ५ गते हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)ं को कभर्डहलमा हुने उक्त प्रतियोगितामा विदेशीसहित आठ टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेन्द्र पाठकले जानकारी दिनुभयो ।

नेपालबाट वीरगन्ज हक्की क्लब, काठमाडौँ हक्की क्लब, मकवानपुर हक्की क्लब, द जनकपुर हक्की क्लब, पोखरा हक्की क्लब, सुदूरपश्चिमाञ्चलको द हेल्प क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहनेछ ।

त्यसैगरी, विदेशबाट भने डिफेन्डिङ च्याम्पियन संयुक्त अरब इमिरेट्स (दुबई)को किङ खान हक्की क्लबको सहभागिता रहनेछ । एकदिने उक्त प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित