FLASH NEWS
  • Loading...

म्यानचेस्टर युनाइटेड हारबाट जोगियो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


युरोपा लिग फुटबलको अन्तिम १६ पहिलो लेगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । बिहीबार राति भएको पहिलो लेगमा एफसी रोस्तोभले म्यानचेस्टर युनाइटेडलाई १–१ को बराबरीमा रोकेको हो । ३५ औं मिनेटमा हेनरिक एमखितार्यनले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । पहिलो हाफमा लिएको १–० को अग्रता युनाइटेडले दोस्रो हाफमा जोगाउन सकेन । ५३ औं मिनेटमा एलेक्ससान्ड्र बुखारोभले रोस्तोभका लागि बराबरी गोल फर्काए । दोस्रो लेग आउँदो बिहीबार युनाइटेडको मैदानमा हुनेछ । राति नै भएका अरु खेलमा एफसी कोपनहेगनले अजाक्सलाई २–१ तथा लियोनले रोमालाई ४–२ ले हरायो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित