FLASH NEWS
  • Loading...

उपत्यकामा बन्द प्रभाव अति न्यून

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


काठमाडौं–सप्तरी घटनाको विरोधमा मधेसी मोर्चासहितको संघीय गठबन्धनले अव्हान गरेको नेपाल बन्दको उपत्यकामा खासै प्रभाव परेको छैन ।
काठमाडौंका सडकमा नियमित भन्दा केही कम मात्रामा सार्वजनिक तथा निजी सवारीसाधान चलेका छन् । बजार पसलहरु पनि खुलेका छन् ।
तर, बन्दका कारण मधेसका जिल्लाहरु भने ठप्पप्रायः छन् । मधेसका जिल्लाहरुमा भने सवारीसाधन चलेका छैनन् । बन्दका कारण मधेसका नागरिकको दैनिकी प्रभावित भएको छ ।
सोमबार सप्तरीमा प्रहरीको गोलीबाट चार जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा मोर्चासहितको संघीय गठबन्धनले नेपाल बन्दको अव्हान गरेको हो । घटनापछि सप्तरी जिल्ला निरन्तर रुपमा बन्द छ । घटनाको पाचौं दिन पनि सप्तरी बन्द गरिएको छ । जसको कारण सप्तरीका नागरिकको जनजीवन प्रभावित भएको छ ।
गठबन्धनले मृतकलाई सहिद घोषणा, मृतकका परिवारलाई राहत, घटनाको न्यायिक छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विभिन्न आन्दोनलका कार्यक्रम घोषणा गरेको छ । गठबन्धनले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको थियो ।
सरकारले सप्तरी घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत रकम दिने, न्यायिक छानबिन आयोग गठन गर्ने र घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित