FLASH NEWS
  • Loading...

अबको लक्ष्य भनेको ‘चुनाव’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको अवको लक्ष्य चुनाव भएकोले कुनै पनि हालतमा निर्वाचन हुने स्पष्ट पारेका छन् ।
शनिबार वाग्मती सफाइ महाअभियानको २००औँ हप्ताका अवसरमा राजधानीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै सिंगै मुलुक स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जुटेकोले सरकारको अवको लक्ष्य मात्र निर्वाचन भएको जानकारी गराए ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले वाग्मती सफाइ महाअभियानले गति लिएजस्तै निर्वाचनमार्फत् राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बताएका छन् । उनले सभ्यता र संस्कृति संरक्षण गर्न मानव सागर उर्लेजस्तै गरी निर्वाचनलाई सम्पन्न गर्न स्थानीय तहले स्वयंसेवीले भित्री भावनाबाटै समर्पित भए चुनाव सम्पन्न हुने बताए ।
त्यस्तै, प्रधानमन्त्री दाहालले नेपालीहरुले कहिल्यै पनि कसैसँग नझुकेको ऐतिहासिक तथ्य उल्लेख गर्दै आत्मा सम्मानका साथ बाँच्न नेपालीहरु सधैँ प्रतिवद्ध रहेको पनि स्मरण गराए ।
कार्यक्रममा सबै गाउँपालिका र नगरपालिकामा सफाइ अभियान सञ्चालन गरिने उनको भनाइ थियो । वातावरणीय सफाइ अभियानले राजनीतिक सफाइ अभियानलाई पनि बल पुग्नेमा प्रधानमन्त्री दाहालको जोड थियो । कार्यक्रममा प्रधानमन्त्री दाहालले ७ सय ४४ वटै स्थानीय तहले स्वयंसेवी भावनाका साथ काम गरे मुलुक छिट्टै समृद्ध हुने विश्वास पनि व्यक्त गरेका छन् ।
कार्यक्रममा उनले भने, ‘वाग्मती सफाइ महाअभियानको प्रेरणाले देशव्यापी सफाइ अभियान चलेको छ, सफाइका माध्यमबाट सभ्यता र संस्कृति संरक्षण गर्न सबै जुटेका छन्, यस अवसरमा सरकारले जारी गरेको सफाइ घोषणापत्र र शपथ कार्यान्वयन गर्न सबै सहयोग गरिने छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित