FLASH NEWS
  • Loading...

उपत्यकामा फागु धूमधामका साथ सम्पन्न

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५१ पटक पढिएको
Post Thumbnail


काठमाडौं—काठमाडौं उपत्यकासहित मुलुकका पहाडी जिल्लामा आइतबार फागुपूर्णिमा पर्व मनाइएको छ ।
फागुपूर्णिमाको दिन बिहानदेखि आफन्त, साथीभाइ र परिवारमा एक अर्कालाई रङ लगाएर फागु मनाइने गरिन्छ । आपसी एकता र भाइचाराका रुपमा खेलिने होलीपर्व विशेष गरी काठमाडौंको वसन्तपुर र ठमेलमा विशेष कार्यक्रम गरी मनाइयो ।काठमाडौंको वसन्तपुरमा नाचगानसहित युवायुवतिका साथै सर्वसाधरणले रंग दलेर होली मनाए भने ठमेलमा पर्यटकहरु सहितले नेपालीसँग होली खेले । ऐतिहासिकस्थल वसन्तपुर दरबार क्षेत्रमा आइतबार हजारौं नेपाली एकत्रित भएर प्रेम र सद्भावको शुभकामना साटेर हर्षोल्लासपूर्वक फागु मनाए । अबिर र विभिन्न रंगले पोतिएका नारी, पुरुष, बालक, वृद्धाले रमाइलो गरी होली मनाए । परम्परागत पोसाक भन्दा पनि ‘ह्याप्पी होली’ लेखिएका श्वतेवस्त्रधारीको यसपाली चहलपहल देखियो । ‘ह्याप्पी होली टि सर्ट’ ले यसपालीको बजार लिएको देखियो । वसन्तपुर परिसर र विभिन्न ठाउँहरुका ‘टिनएजर’हरुले यसपाली यस्ता टिसर्ट लगाएका थिए । उनीहरुले एक दिनको पर्वको लागी कपडा किनेर नै लगाएका थिए । त्यस्तै वसन्तपर परिसरमा बाजागाजा सहितको समूहले आफ्नो मौलिक पहिचान दिलाउने बाजा बजाएर आफ्नो संस्कृतिको परिचय दिए । नेपालमा प्रचलित गित गाएर उनीहरुले हालीमा अझ धेरै रौनक थपेका थिए ।

होलीमा दुई सय बढी पक्राउ
महानगरीय प्रहरी परिसरले होलीका अवसरमा उच्छृखल गतिविधि गर्दै हिँड्ने २ सय १३ जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले आइतबार उपत्यकाका विभिन्न स्थानमा उच्छृखल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिए । उनले घटनाका दोषीको छानविन भइरहेको र दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताए । त्यस्तै होली पर्व मनाउन ट्राफिक नियम उल्लंघन गर्दै हिँडेका पाँच सयभन्दा बढी सवारी साधनलाई पनि कारबाही गरिएको छ ।

ट्राफिक प्रहरीको दुर्घटनारहित होली अभियान
होली पर्वका बेला काठमाडौं उपत्यकामा सवारी दुर्घटना हुन नदिने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार बिहानैदेखि सञ्चालन गरेको दुर्घटनारहित होली अभियान प्रभावकारी भएको छ । अपराह्न ४ बजेसम्म काठमाडौं, ललितपुर र भक्तपुरका कुनै सडकमा गम्भीर दुर्घटना भएको छैन भने नाका–नाकामा गरिएको सुरक्षा जाँचले सबै किसिमका सवारी साधनका चालकलाई सचेत गराएको छ । अभियानका क्रममा ९ सय ३३ जनालाई महाशाखाले कारबाहीको दायरामा ल्याएको छ । त्यस्ते ६ सय ७३ जना मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका र क्षमताभन्दा बढी भार राखेर बाहन हाँक्ने ९६ जनाका कागतपत्र खिचिएको टा«फिक प्रहरीले जनाएको छ । कारबाहीमा परेका अधिकांश दुईपांग्रे सवारी साधनका चालक रहेका छन् भने केहीले सवारी चालक अनुमतिपत्र साथमा नराखेका तथा आवश्यक सुरक्षा उपाय नअपनाई सवारी हाँकेको पाइएको महाशाखाले जनाएको छ । साँझ अबेरसम्म अझ सशक्त रुपमा सुरक्षा जाँच गरिने बताउँदै महाशाखाले सबैलाई दुर्घटनारहित ढंगले होली मनाउन आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित