FLASH NEWS
  • Loading...

‘नेपाली युवाको हत्यामा भारतले माफी माग्नुपर्छ’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५० पटक पढिएको
Post Thumbnail


काठमाडौं—नेकपा(क्रान्तिकारी माओवादी)ले नेपाल भित्रै प्रवेश गरेर नेपाली युवाको हत्या गर्ने र सीमा अतिक्रमण गर्ने भारतीयको व्यवहार अक्षम्य रहेकोले भारत सरकारले माफी माग्नुपर्ने धारणा व्यक्त गरिएको छ ।
सो पार्टीको केन्द्रीय सचिवालयको बैठकपछि आइतबार जारी गरिएको विज्ञप्तिमा भारतीय पक्षको ज्यादतिविरुद्ध आगामी चैत ५ गते देशव्यापी रुपमा विरोध गर्ने जनाएको छ । अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा विशेष, संरक्षित क्षेत्र र स्थानीय स्वायत्ततापछि मात्रै स्थानीय तहको निर्वाचन गर्नु उपयुक्त हुने उल्लेख गरेको छ ।
बैठकले राष्ट्रियता, जनतन्त्र एवं जनजीविकाको पक्षमा विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ भने नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले गरेको ज्यादतिको भारत सरकारबाट माफी माग्नुपर्ने उल्लेख गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित