FLASH NEWS
  • Loading...

सोनपुर गोनानामा हवाइ फायर र अश्रुग्यास प्रहार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail


नेपालगञ्ज । गुलरिया-नेपालगञ्ज सडक खण्डको सोनपुर गोनानामा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच झडप भएको छ ।
दर्ुइ पक्षविच तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गर्नु परेको छ ।
एमालेद्धारा गरिएको आमसभामा भाग लिन पुगेका कार्यकर्ता र मधेसी मोर्चा विच झडप भएको थियो ।
आमसभामा भाग लिन हिँडेका एमाले र्समर्थकको बाटो मोर्चाले अवरुद्ध पारेपछि तनाव उत्पन्न भएको हो ।
झडपमा मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि दुइ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रशासनले जनाएको छ ।
उता मधेसी मोर्चाका नेताले आफ्ना कार्यकर्ताले प्रहरीको हतियार नखोसेको जनाएका छन् । सरकारले उनीहरुको माग सम्बोधन नगरेका कारण नेपालगञ्जमा आयोजित कार्यक्रममा सहभागी हुन आउनेहरुलाई रोक्नेमात्रै आफूहरुको लक्ष्य रहेको मोर्चाका नेताको दाबी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित