FLASH NEWS
  • Loading...

उपत्यकामा वातावरण प्रदूषण उच्च

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail

काठमाडौं– व्यवस्थापिका–संसद्को वातावरण समितिले पछिल्लो समय उपत्यकामा वातावरण प्रदूषण बढेको निष्कर्श निकालेको छ ।
समितिले उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको निर्माणले वातावरण प्रदूषण बढेको निष्कर्श निकाल्दै वातावरणीय प्रदूषण तथा धुलोधुवाँ रोक्न तत्काल पानी र अलकत्रा छर्कन निर्देशन दिएको हो ।
समितिको बैठकले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउन खनिएका सडकका कारण उब्जिएको धुवाँ र धुलोका कारण वातावरण र मानव स्वास्थ्यमा परेको असरलाई ध्यान दिँदै आयोजनाको निर्माण छिटो सक्न पनि आयोजनालाई निर्देशन दिएको छ ।
यसअघि, बैठकमा सांसदहरुले कर्मचारी संयन्त्रमा दूरगामी सोच र शक्तिको ¥हास हुँदै गएको र भत्ताको लालसा बढेको बताएका थिए । पाइप बिच्छ्याउने काम व्यवस्थित हुन नसक्दा उत्पन्न धुलो धुवाँको समस्या मुलुकका सबै क्षेत्रमा अस्तव्यस्तता र बेथिति विद्यमान छ भन्ने उदाहरण भएको उनीहरुको भनाइ थियो । सांसदहरुले विकास निर्माणका काममा अन्तर–मन्त्रालय समन्वयको अभाव देखिएको पनि आँैल्याए ।
बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय र मेलम्ची खानेपानी आयोजनाका निर्देशक रितेशप्रसाद खत्रीले उपत्यकाका ४० स्थानमा एकैसाथ एक हजार दुईसय जनशक्ति परिचालन गरेर पाइप बिच्छ्याउने काम गरिरहेको जानकारी दिए ।
आगामी वर्षायामअघि नै पाइप बिच्छ्याउने काम र खनिएका सडकमा कालोपत्र गरिसक्ने र आगामी दसैँमा उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न सक्ने गरी कामलाई तीव्रता दिइएको उनीहरुको भनाइ थियो ।
तर मेलम्चीको काम अत्यान्तै कमजोर गतीमा अघि बढाइएको स्थानीयहरुले पनि बताउँदै आएका छन् । काम निकैनै सुस्त तवरले अघि बढ्दा प्रदुषणले उपत्यकाबासीको जनस्वाथ्यमाथी निकैनै खेलबाड भएको प्रष्ट देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित