FLASH NEWS
  • Loading...

स्ववियु निर्वाचन गर्न अन्तरिम आदेश

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९४ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २ चैत । सर्वोच्च अदालतले रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा आज अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज स्ववियुको निर्वाचन गराउनका लागि अन्तरिम आदेश गरेको हो । सो क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्याशी तपेन्द्रबहादुर शाहीले गत फागुन २३ गते रिट निवेदन दायर गर्नुभएको थियो ।

निवेदनमा फागुन १८ गते त्रिविले तोकेको मितिमा स्ववियु निर्वाचन नभएपछि फागुन २३ गते आरआर क्याम्पसमा निर्वाचन गर्न माग गरिएको थियो । विद्यार्थी मतदान गर्न लाइनमा बसे पनि स्थानीय निकायको निर्वाचन आचारसंहिता लागेको जनाउँदै निर्वाचन स्थगन गरिएको थियो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित