FLASH NEWS
  • Loading...

लागुऔषध ब्राउन सुगरसहित चारजना पक्राउ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०१ पटक पढिएको
Post Thumbnail


धनगढी, ४ चैत । लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले धनगढी उपमहानगरपालिका– २ को मिलन चोकबाट गएराति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी—२ का सञ्जय न्यौपाने, डडेल्धुरा अमरगढी नगरपालिकाका सरोज भट्ट र सुरेन्द्र भट्ट तथा कैलाली अत्तरिया नगरपालिकाका सन्तोष भट्ट रहेका छन् । सेतीअञ्चल प्रहरी कार्यालयबाट खटिइएको प्रहरी टोलीले १४ ग्राम ब्राउन सुगर, ४५ ट्याब्लेट नाइट्रोभेट, आठ ट्याब्लेट स्पास्मोप्रोक्सोभन र डाइलेक्स डिसी सिसि चार थानसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित