FLASH NEWS
  • Loading...

वरिष्ठ कलाकार डङ्गोलको निधन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, ४ चैत । नेपालका वरिष्ठ चरा कलाकार हिरालाल डङ्गोलको पेटसम्बन्धी रोगले आज ७७ वर्षका उमेरमा भक्तपुर क्यान्सर अस्पतालमा आज अपराह्न निधन भएको छ ।

सुरुमा बयोधा अस्पताल काठमाडौँ र पछि गत शनिबारदेखि क्यान्सर अस्पतालमा उहाँको उपचार भइरहेको थियो । उहाँले नेपाली चराहरुको मात्र विषय लिएर पाँच दशकदेखि निरन्तर कला सिर्जना गरिरहनुभएको थियो । नेपालमा पाइने चरासम्बन्धी विशेष अध्ययन गरेर डा फ्लेमिङ, कलाकार लैनसिँह बाङ्देल र हेम पौडेलसँग काम गर्दा उहाँले ‘वर्डस अफ नेपाल’ शीर्षक चरासम्बन्धी कृति(पहिलो पुस्तक)मा कैयौँ कला रचना गर्नुभएको कलाकार शान्तकुमार राईले जानकारी दिनुभयो ।
हालै उहाँ र उहाँका परिवारका सदस्यको चरासम्बन्धी चित्र प्रदर्शनी नेपाल कला परिषद्मा सफलतापूर्वक सम्पन्न भएको थियो । उहाँले अमेरिका, जापान, बेलायत लगायत देशमा दर्जनौँ पटक एकल र सामूहिक कला प्रदर्शनी गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित