FLASH NEWS
  • Loading...

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको ड्र सार्वजनिक

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail


च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ । यो सिजनको क्वाटरफाइनलमा पुगेका ८ टिमको ड्र शुक्रबार राति भएको हो । पहिलो पटक क्वाटरफाइनलमा पुगेको इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडसँग प्रतिस्पधा गर्ने भएको छ । लेस्टर पहिलो लेगमा पराजित भएर पनि दोस्रो लेगमा स्पेनिस क्लब सेभिल्लालाई हराएर क्वाटरफाइनलमा आएको हो । यस्तै साबिक विजेता रियल मड्रिडलाई कडा प्रतिद्वन्द्वी परेको छ । सेमिफाइनल प्रवेशका लागि रियल मड्रिडले जर्मन क्लब बार्यन म्युनिखको समना गर्नुपर्ने भएको छ । बार्यन र रियलबिच अहिलेसम्म युरोपका विभिन्न प्रतियोगितामा गरी २२ पटक भेट भएको छ । त्यसमा रियल मड्रिड ९ तथा बार्यन म्युनिख ११ खेलमा विजयी भएको छ । रियलले बार्यनसँगका तीन खेल जितेको छ ।
यस्तै अन्तिम १६ को दोस्रो लेगमा ऐतिहासिक पुनरागमन गर्दै अन्तिम ८ मा आएको बार्सिलोनाले इटालियन क्लब युभेन्टस तथा फ्रेन्च क्लब मोनाकोले जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग प्रतिस्पधा गर्नुपर्ने भएको छ ।
बार्सिलोना र युभेन्टसबिच सन् २०१५ को फाइनलमा भेट भएको थियो । त्यसमा बार्सिलोना ३–१ ले जितेको थियो । बार्सिलोना र युभेन्टसबिच अहिलेसम्म भएका सात खेलमा बार्सिलोना तीन तथा युभेन्टस दुई खेलमा विजयी भएको छ । क्वाटरफाइनलको पहिलो लेग आउँदो अप्रिल ११ र १२ तथा दोस्रो लेग अप्रिल १८ र १९ मा हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित