FLASH NEWS
  • Loading...

कार दुर्घटनामा एकको मृत्यु

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४१ पटक पढिएको
Post Thumbnail


इटहरीबाट धरान गइरहेको बा१५च २०६३ नंको कार चारकोसे जङ्गलको सेउती नजिकै सडक किनारमा दुर्घटना हुँदा सो कारमा यात्रारत धरान–१२ का विष्णु लिम्बूको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीका अनुसार दिउँसो ३ बजेतिर तीव्रगतिमा रहेको उक्त कार सडक किनारमा रहेको रुखमा ठोक्किन पुग्दा अन्दाजी वर्ष ४५ का विष्णु लिम्बूको घटनास्थलमा मृत्यु भएको हो । यो घटनामा अन्य पाँचजना घाइते भएका छन् ।

लिम्बूकी श्रीमती ३७ वर्षीया दिलकुमारी, पाँच महिने बच्चा तथा कार चालक एवम् कारधनी राजेन्द्र ल्वागुन, उनका १० वर्षीय छोरा नीरज ल्वागुन र श्रीमती सुशीला ल्वागुन घाइते भएको र उनीहरु सबैको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित