FLASH NEWS
  • Loading...

मुसहर बस्ती बनाउन सहयोग

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


प्रवासी नेपाली मञ्च, स्पेन शाखाले आज महोत्तरी जिल्लाको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि रु तीन लाख तीन हजार ६७० रकम सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

स्पेनमा रहेका नेपालीबाट सङ्कलित सो रकम नमुना बस्ती परियोजनास्थलमा आयोजित एक कार्यक्रमबीच मञ्चका स्पेन शाखाका संस्थापक अध्यक्ष पुष्प तिमिल्सिना र कोषाध्यक्ष दिनेश रेग्मीले बस्ती निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)लाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष तिमिल्सिनाले फाउन्डेसनले राष्ट्रिय एकता र आपसी सद्भाव वृद्धिसँगै गरिबको उत्थानका लागि गरेको प्रयत्न प्रशंसनीय भएको बताउनुभयो । हास्यकलाकार धुर्मुसले संसारभरि छरिएर रहेका मनकारी नेपाली र अन्य सहयोगीको साथ पाएर नै आपूm मुसहर बस्ती निर्माणमा जुटेको बताउनुभयो । सोही कार्यक्रममा बर्दिवास–१ का देवेन्द्र गौतमले बस्ती निर्माणमा आफ्नोतर्फबाट एक लाख २५ हजार १०१ फाउन्डेसनका अध्यक्ष धुर्मुसलाई हस्तान्तरण गर्नुभएको थियो ।

गत पुस २५ गतेदेखि निर्माण थालिएको नमुना बस्ती निर्माणको अनुमानित लागत रु चार करोड ३८ लाख रहेको छ । बस्ती निर्माणको कार्य चैत मसान्तमा सकेर आउने नयाँ वर्षका दिन मुसहरहरुलाई हस्तान्तरण गरिने फाउन्डेसनले यसअघि नै घोषणा गरिसकेको छ ।

नमुना बस्तीमा ५० मुसहर परिवारका लागि बिजुली, खानेपानी, शौचालय, सडक सुविधासहितका अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री भूकम्प प्रतिरोधी घर बनेको धुर्मुसको भनाइ छ । घर निर्माणको कार्य लगभग ८० प्रतिशत सम्पन्न भएको फाउन्डेसनले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित