FLASH NEWS
  • Loading...

क्षयरोग संस्थाको अध्यक्षमा पुनः प्रधान

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail


नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय अध्यक्षमा देवेन्द्रबहादुर प्रधान निर्विरोध चयन हुनुभएको छ । उहाँ यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो ।

विराटनगरमा शनिबार सम्पन्न १०औँ केन्द्रीय महाधिवेशनबाट उहाँ निर्विरोध निर्वाचित हुनुभएको भए पनि अन्य पदमा निर्वाचन प्रक्रियाद्वारा छनोट गरिएको हो ।

सोअनुसार १६ सदस्यीय कार्यसमितिमा अम्बिकाप्रसाद उपाध्याय, अरुणप्रताप राणा, इन्द्रप्रसाद श्रेष्ठ, वसन्तकुमार नेपाल, बेदप्रसाद काजु, विजयानन्द झा, मदनकाजी श्रेष्ठ, मदनगोपाल मैनाली, राधादेवी मास्के, राजकिशोरप्रसाद यादव, सुदर्शनबहादुर शाक्य, प्रेमराज शाक्य र हिरादेवी शर्मा निर्वाचित हुनुभएको छ ।

सो अधिवेशनमा ३३ जिल्लाका ११९ जना प्रतिनिधि सहभागी भएको प्रचारप्रसार उपसमितिका संयोजक डा सन्देशदास श्रेष्ठले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित