FLASH NEWS
  • Loading...

दाताको सहयोगमा वृद्धाश्रम सञ्चालन हुँदै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५९ पटक पढिएको
Post Thumbnail


कञ्चनपुरको बेदकोट नगरपालिका–७ मा रहेको वृद्धाश्रम दाताको सहयोगमा सञ्चालन हुँदै आएको छ ।

दाताले दिने लत्ताकपडा, अन्न र दान दातव्यबाट वृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धाको दिनचर्या चल्दै आएको छ ।

“सरकारी निकायबाट थोरैमात्रै खर्च उपलब्ध हुँदा दातालाई गुहार्दै आएका छौँ” – वृद्धाश्रमको रेखदेखको कार्य गर्दै आउनुभएका बहादुर विष्टले भन्नुभयो । जिविस कञ्चनपुर र बेदकोट नगरपालिकाले गरी रु एक लाख ५० हजारजति रकम वार्षिक रुपमा उपलब्ध गराउँदै आए पनि वृद्धाश्रमको भौतिक पूर्वाधार सुधारका लागिसमेत नपुग्ने उहाँले बताउनुभयो ।

दाताहरुले वृद्धवृद्धालाई सहयोग दिँदै आएकाले खाद्य सामग्री र लगाउने, ओछ्याउने कपडाको अभाव झेल्नुपरेको छैन ।

बिरामी हुने वृद्धवृद्धाको उपचारका लागि स्वास्थ्य चौकी टाढा हुँदा समस्या रहेको वृद्धाश्रममा बस्दै आएकाहरुको भनाइ रहेको छ । एक दशकदेखि सञ्चालन हुँदै आएको वृद्धाश्रममा असहाय, बेसहारा र परिवारको प्रताडनामा परेका १४ जना वृद्धवृद्धा बस्दै आएका छन् ।

नेपाली सेनाबाट सेवानिवृत्त हुनुभएका विष्ट दम्पती सधैँ वृद्धवृद्धाको सेवामा चौबीसैघन्टा निःस्वार्थ सेवा भावनाका साथ खट्दै आउनुभएको छ ।

सेवा सुसारसँगै बिरामी पर्दा वृद्धवृद्धालाई विष्ट दम्पती अस्पताल पु¥याउने र वृद्धाश्रममा नुहाउन सघाउ पु¥याउनुका साथै लत्ताकपडा धुने र कपडा पहिराउनसमेत सघाउ पु¥याउने कार्यमा खटिँदै आउनुभएको छ । सेवा नै धर्म भएकाले नेपाली सेनाबाट सेवा निवृत्त भएपछि वैदेशिक रोजगारीमा जाने इच्छा त्यागी वृद्धवृद्धाको सेवामा लागेको विष्ट सगर्वकासाथ भन्नुहुन्छ “कमाउनेभन्दा सेवा ठूलो भएको परिवारबाटै हौसला र सहयोग पाएपछि सेवामा लागेका छौँ” ।
विसं २०६५ मा स्थानीय समाजसेवी लालबहादुर खड्काको विशेष पहलमा वृद्धाश्रम स्थापना भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित