FLASH NEWS
  • Loading...

चरेससहित दुई महिला पक्राउ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा आठ किलोग्राम लागुऔषध चरेससहित प्रहरीले आज यहाँ दुई महिलालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा रुकुम खलङ्गाका पशुपति शाह र भारत सिमलाका बब्ली हिन्दू रहेका छन् । भीमदत्तनगरपालिका–९ मटेनाको बाटो हुँदै भारततर्फ लैजाँदै गर्दा लागुऔषध नियन्त्रण ब्युरोका टोलीले उक्त परिणामका चरेससहित दुबै महिलालाई पक्राउ गरेको हो ।

“उक्त चरेस अपरिचित व्यक्तिले दिएको दुवै महिलाले दाबी गरेका छन्”– लागुऔषध अनुसन्धान ब्युरोका प्रहरी नायब निरीक्षक टङ्क बुढाले भन्नुभयो, “उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।”

बरामद चरेस र अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित