FLASH NEWS
  • Loading...

महानिरीक्षक नियुक्ति सम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail


काठमाडौं– प्रहरी महानिरीक्षक नियुक्ति केसमा सर्वोच्च अदालतले अब अन्तिम सुनुवाई गर्ने भएको छ ।
नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा प्रधान न्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई, हरिकृष्ण कार्कीको पूर्ण इजलासमा निवेदकका पक्षबाट सुनुवाई हुँदाहुँदै समय सकिएकाले आजको लागि सुनुवाई जारी रहेको हो ।

नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालका तर्फबाट आइतबार डा भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, बालकृष्ण न्यौपाने, तुलसी भट्ट, शम्भु थापा र अधिवक्ताहरु ओमप्रकाश अर्याल, बाबुराम कुँवर, हरि फुयाँल, विजयकान्त मैनाली, विकास भट्टराई, शिवकुमार यादव लगायतले बहस गरिरहेका छन् ।
बहसका क्रममा उनीहरुले प्रहरी ऐनअनुसार वरियताका क्रममा सिलवाल एक नम्बरमा रहेको हुनाले उनलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्नुपर्ने तर्क राखेका थिए । आज यस मुद्धामा सरकारी वकिलका तर्फबाट दुईजनाले बहस गर्नेछ ।
नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने आफू वरियताको १ नम्बरमा रहेको भन्दै सिलवालले पनि रिट निवेदन दिएका थिए । त्यसमा पनि सर्वोच्चले अल्पकालीन आदेश दिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित