FLASH NEWS
  • Loading...

जनक शिक्षामा मतपत्र छपाइ सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०२ पटक पढिएको
Post Thumbnail


जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा कडा सुरक्षा घेराबीच मतपत्र छपाइ कार्य सुरु भएको छ ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य आइतबार साँझबाट सुरु गरेको केन्द्रका प्रबन्ध सञ्चालक महेश तिमल्सिनाले जानकारी दिनुभयो ।

आयोगले निर्वाचनका लागि सातवटा पद रहने गरी करिब एक करोड ६० लाख मतपत्र आगमी ३५ देखि ४० दिनभित्र छाप्ने जनाएको छ । मतपत्र छपाइका लागि केन्द्रले एक सय ४५ कर्मचारी खटाएको छ । मतपत्रका कारण पाठ्यपुस्तक छपाइमा कुनै असर नपर्ने तिमल्सिनाको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित