FLASH NEWS
  • Loading...

सप्तरीमा दुई फिट बाक्लो असिना

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail


सप्तरी । सप्तरीमा वर्षासँगै असिना परेको जनजिवन प्रभावित भएकोछ । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा ठूलो मात्रामा एक्कासी असिना परेको कारण जाडोले जनजिवन प्रभावित भएको हो ।
पूर्व–पश्चिम राजमार्गमा परेको असिना दुई फिटसम्म जमेको थियो । करिब एक घण्टासम्म लगातार असिना खसेको कारण जाडो बढेको हो । जिल्लाको जण्डौल, बकधुवा गाविसका साथै कञ्चनरुप नगरपालिकामा व्यापक असिना परेको स्थानियले जनाएका छन् । जिल्ला सदरमुकाम राजविराजसहित दक्षिणी क्षेत्रमा भने वर्षा भएपनि त्यति असिना परेको थिएन् ।
पछिल्लो तीन दशकभन्दा बढी समयपछि यत्रो असिना परेको स्थानियले बताए । विक्रम सम्वत् २०४२ सालमा यस्तै खालको असिना परेको स्थानियले बताए । ३० वर्ष पछि यस्तो असिना परेको उनीहरुले जनाए ।

बाली सबै नष्ट, किसान चिन्तित
एक्कासी परेको असिना र वर्षाको कारण जिल्लाको उत्तरी पूर्वी क्षेत्रमा लगाइएको बिघौंको गहुँबाली नष्ट गरेको छ । गहुँ पाक्ने बेलामा परेको असिनाले सम्पूर्ण बाली नष्ट गरेको छ । सम्पूर्ण गहुँबाली असिनाले ढाकिएको छ ।
गहुँका साथै आँपलगायतका फलफूल समेत असिनाले नष्ट भएको छ । भर्खर फल बन्न थालेको आँपको सम्पूर्ण पालुवालाई असिनाले नष्ट गरेको छ । सप्तरीको सबैभन्दा बढी आँप फल्नेमध्ये कञ्चनरुप नगरपालिका र बकधुवा गाविस हो । असिनाले मुँगको दाल र विभिन्न तरकारीसहितका बालीहरु नष्ट गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित