FLASH NEWS
  • Loading...

दुर्घटनामा एघार घाइते

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail


काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख २२९५ नंको बस र वीरगन्जबाट पोखरा जान आउँदै गरेको ना ६ ख ७९७१ नंको ट्रक गएराति पूर्वी चितवनको खैरहनीस्थित राजमार्गमा एकापसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बसका नौजना र ट्रकका दुई जना घाइते भएका हुन् । भरतपुरको कलेज अफ मेडिकल साइसेन्समा उनीहरुको उपचार भइरहेको छ ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । राति १२ः३० बजेको समयमा दुर्घटना भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित