FLASH NEWS
  • Loading...

दलितका अधिकार कार्यान्वयनमा जोड

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९० पटक पढिएको
Post Thumbnail


युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले नयाँ सविधानमा दलितका धेरै हकअधिकार सम्बोधन गरिएको भए पनि कार्यान्वयनमा ठूलो चुनौती रहेको बताउनुभएको छ ।

आज काठमाडौँमा ५२आँै अन्तर्राष्ट्रिय रङभेदविरुद्वको दिवसका अवसरमा दलित हकअधिकारका क्षेत्रमा कार्यरत संस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रीपालीले केही महत्वपूर्ण विषय छुटेको भए पनि समावेश भएका हकअधिकारलाई व्यवहारमा ल्याउन सङ्घर्ष र प्रतिबद्वता आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।

स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने निश्चित भएकाले निर्वाचनमा भाग लिएर दलितको हकअधिकार तथा नेतृत्वका लागि तयारी थाल्न पनि उहाँले दलित अगुवालाई आग्रह गर्नुभयो ।

सासद जीतु गौतमले दलित आन्दोलनलाई राष्ट्रिय आन्दोलनका रुपमा स्थापित गरी सार्थकता दिनुपर्नेमा जोड दिनुभयो । लामो सङ्घष र कठिन लडाइँले नयाँ संविधानमा धेरै कुरा उल्लेख गरिएको भए पनि बाँकी छुटेका विषय उल्लेख गर्न आन्दोलन जारी राख्नुपर्ने उहाँको भनाइ थियो ।

दलित अगुवा मोति नेपालीले राज्यले अझै पनि दलितका समस्यालाई समस्या नठान्ने प्रवृत्ति कायमै रहेकाले पीडाविरुद्व अझै लडाइँ जारी राख्नुपर्नेमा जोड दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित