FLASH NEWS
  • Loading...

शान्ति प्रक्रियामा नेपालको भूमिकाको प्रशंसा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail


परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग अमेरिकी सेनाको प्यासिफिक कमान्डका कमान्डर एडमिरल ह्यारी बी ह्यारिजले मङ्गलबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो ।

सो भेटका क्रममा नेपालमा दुई वर्षअघिको भूकम्पको उद्वार र सहायताका लागि प्राप्त अमेरिकी सेनाको सहयोगको प्रशंसा गर्दै मन्त्री डा महतले नेपालको विकासका विभिन्न क्षेत्रमा अमेरिकी सरकारले पु¥याउँदै आएको सहयोगका लागि धन्यवादज्ञापन गर्नुभयो । भेटमा कमान्डर एडमिरल ह्यारिजले नेपालसँग अमेरिका तथा अमेरिकी सेनाको आत्मीय सम्बन्ध रहेको बताउनुभयो ।

उहाँले शान्ति प्रक्रियामा नेपालको भूमिकाको प्रशंसा गर्दै शान्ति स्थापनामा नेपालले निर्वाह गरेको भूमिका विश्वमा नै उदाहरणीयरुपमा लिइने गरेको धारणा राख्नुभयो । उहाँले नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनको सफलताका लागि शुभकामना पनि व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित