FLASH NEWS
  • Loading...

टोनी हागनद्वारा लिखित ‘विकेन्द्रीकरण र अभ्यास’ पुस्तक सार्वजनिक

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५५ पटक पढिएको
Post Thumbnail


स्विस विकास सहायताका प्रवर्तक टोनी हागनले लेख्नुभएको ‘विकेन्द्रीकरण र विकास’ नामक पुस्तक आज यहाँ सार्वजनिक भएको छ ।

विकास अभ्यासकर्ताका रुपमा उहाँले नेपाल र अन्य मुलुकमा रहेर काम गर्दाको अनुभव समेटिएको पुस्तक नेपालका लागि स्विट्जरल्यान्डका राजदूत जोर्ज फ्राइडेनले आज यहाँ आयोजित एक कायक्रममा सार्वजनिक गर्नुभयो ।

सो क्रममा राजदूत जोर्जले विकास प्रक्रिया र प्रजातान्त्रिक सङ्क्रमणबारे हागनले आफ्ना गहन विचार पुस्तकमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले नेपाल विकेन्द्रकरणमा परिणत हुँदै गर्दा थुप्रै चुनौती व्यहोर्नुपर्ने उल्लेख गर्दै संविधानअनुसार खडा सात सय ४४ वटा स्थानीय तहलाई सञ्चालनलाई व्यवस्थित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी टोनी हागनका छोरी डा काट्रिन हागनले प्रत्येक नागरिकले प्रजातन्त्रको अनुभव गर्न पाउनुपर्नेमा सधैँ विकास प्रवर्तक टोनीको विचार रहेको उल्लेख गर्दै प्रजातन्त्र भुइँतहबाटै उठ्नुपर्ने बताउनुभयो ।

सो अवसरमा टोनी हागन फाउन्डेसनका अध्यक्ष प्रा प्रमोदकुमार झाले विक्रेन्द्रीकरणले राज्यलाई जनताको नजिक ल्याउँछ भन्ने टोनीको तर्क रहेको उल्लेख गर्नुभयो ।

टोनी हागन फाउन्डेसनका लागि हिमाल किताबद्वारा प्रकाशित पुस्तक वसन्त थापाले नेपालीमा सम्पादन गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित