FLASH NEWS
  • Loading...

चार महिनाअघि हराएका बालकको इँट्टा उद्योगबाट उद्धार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६७ पटक पढिएको
Post Thumbnail


चार महिनाअघि घरबाट हराएका यहाँका एक बालकलाई इँट्टा उद्योगबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । गत मङ्सिर महिनादेखि घरबाट हराएका जिल्लाको आठविसकोट–१ का १३ वर्षीय टेकबहादुर विकलाई उद्धार गरी आज यहाँ आफ्न्तको जिम्मा लगाएको हो ।

बालकलाई भक्तपुरको जयहनुमान नेखेलमहादेव इँट्टा उद्योगबाट बालविकास समाज भक्तपुरको सहयोगमा उद्धार गरिएको थियो । आफ्नै गाउँका चन्द्रबहादुर विकले राम्रो काम लगाइदिन्छु भन्दै घरबाट बालकलाई भगाएर लगी इँट्टाभट्टामा काम गर्न लगाएको बालकका बुबा काले कामीले बताउनुभयो । बालकलाई आज महिला तथा बालबालिका कार्यालयले बुबाको जिम्मा लगाएको हो । विकसहित त्यस इँट्टा उद्योगबाट अन्य राप्ती अञ्चलका सातजना बालकलाई पनि उद्धार गरेर आफ्न्तको जिम्मा लगाएको बालविकास समाजका कर्मचारी भरत थापाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित