FLASH NEWS
  • Loading...

अवैधरुपमा ल्याइएको कपडा बरामद

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail


नेपालगन्जको न्यूरोडस्थित एक कपडा पसलको गोदाममा छापा मारेर प्रहरीले आज रु दुई लाख २२ हजार मूल्य बराबरको कपडा बरामद गरेको छ ।

अञ्चल प्रहरी कार्यालय भेरीबाट खटिएको प्रहरी टोलीले भारतको गुजरात घरभई न्यूरोडमा नवदुर्गा इन्टरप्राइजेज पसल सञ्चालन गर्दै आएका महेशकुमार परीको गोदाममा छापा मारेर उक्त परिमाणको कपडा बरामद गरेको हो । बरामद गरिएको कपडामा पाइन्ट शर्ट र पाइन्ट शुटका रहेका छन् ।

भन्सार छलेर अवैधरुपमा ल्याइएको आरोपमा प्रहरीले पसलमा रहेका उमेशकुमार पारितलाई समेत पक्राउ गरेको छ ।

छापा मारेको विरोधमा न्यूरोड क्षेत्रका व्यवासायीहरु विरोधमा उत्रिएका थिए । उनीहरुले पसल बन्द गराएर सामान फिर्ता गराउन पहल गरिदिन माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घको कार्यालयमा धर्ना समेत दिएका थिए ।

घटना सम्बन्धमा अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक महेशविक्रम शाहले सञ्चालकमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित