FLASH NEWS
  • Loading...

बेलायतमा भएको आतङ्ककारी हमलाको नेपाल सरकारद्वारा भत्र्सना

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४८ पटक पढिएको
Post Thumbnail


परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले बेलायतको राजधानी सहर लन्डनस्थित संसद् भवन अगाडि बुधबार गरिएको आतङ्ककारी हमलाको निन्दा एवम् भत्र्सना गर्नुभएको छ ।

मन्त्री डा महतले आज नेपाल सरकारका तर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई एक शोक सन्देश पठाई सो घटनाको निन्दा गर्नुभएको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभएको छ ।

उक्त सन्देशमा परराष्ट्र मन्त्री डा महतले सो आतङ्ककारी घटनामा परी ज्यान गुमाउने नागरिकप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरुका आफन्तजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । उहाँले उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।

साथै मन्त्री डा महतले नेपाली जनता र नेपाल सरकार यस्ता आतङ्ककारी घटनाका विरुद्धमा र बेलायती सरकार र बेलायती नागरिकका पक्षमा दृढतापूर्वक उभिएको पनि सो सन्देशमा उल्लेख गर्नुभएको छ ।
बेलायतको राजधानी लन्डन सहरस्थित बेलायतको संसद् भवन अगाडि हिजो भएको सो आतङ्ककारी हमलामा परी पाँच जनाको ज्यान जानुको साथै अन्य ४० जना घाइते भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित