FLASH NEWS
  • Loading...

संवैधानिक इजलास गठन गर्न आदेश

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४१ पटक पढिएको
Post Thumbnail


सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गर्न न्याय परिषद्का नाममा आज आदेश जारी गरेको छ ।

न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा, केदारप्रसाद चालिसे, अनिलकुमार सिन्हा र सपना मल्लको पूर्ण इजलासले सो इजलास गठन गर्न आदेश जारी गरेको हो । अधिवक्ता माधव बस्नेतले संवैधानिक इजलास छिटो गठन माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । संवैधानिक इजलास नहुँदा संवैधानिक विषयका मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठका पालामा संवैधानिक इजलास गठन भएको थियो । त्यसपछि बीचमा प्रधानन्यायाधीश सुशीला कार्कीले केही समय कामु रहेर काम गर्नुपर्ने अवस्थामा गठन हुन सकेको थिएन । संवैधानिक इजालस न्याय परिषद्ले गठन गर्ने व्यवस्था रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित