FLASH NEWS
  • Loading...

दुर्घटनामा वृद्धको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail


नुवाकोटको मदानपुरमा मिनी ट्रक दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । ट्रकका चालकसहित पाँचजना घाइते भएका छन् ।

बेलकोटगढी नगरपालिका– १२ वासुकीमा बा४ख २४८४ नंको मिनी ट्रक आज दुर्घटना हुँदा स्थानीय ७० वर्षीय भीमनाथ रिमालको मृत्यु भएको प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो । कच्ची सडकमा सन्तुलन गुमाएपछि ट्रक १० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी चालक बलेकोटगढी नगरपालिका–६ का राजकुमार भुजेल, मदानपुर वासुकीका राधाकृष्ण सिलवाल, ट्रकमा सवार सुजन पाठक, रामचन्द्र रिमाल र श्यामबहादुर तामाङ घाइते भएका छन् । उनीहरुको नुवाकोट सिटी अस्पताल विदुरमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित