FLASH NEWS
  • Loading...

दुर्घटनामा एक जनाको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail


ढोरपाटन नगरपालिका–१ मा ग२च ९११ नंको जिप दुर्घटना हुँदा आज एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी तमानखोला गाउँपालिका–५ का ३६ वर्षीया टीकमा विकको मृत्यु भएको छ । मृतक विकका तीन वर्षीय छोरा खगेन्द्र, सोही ठाउँका ६३ वर्षीय जसबहादुर विक र ४६ वर्षीया ज्ञानदेवी विक घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानामगरले जानकारी दिनुभयो । उनीहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब २० मिटर तल तमानखोलामा खसेको थियो । जिप चालक ढोरपाटन नगरपालिका–२ का ध्रुव कुमाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित