FLASH NEWS
  • Loading...

एसिसी इमर्जिङ टिम्स कप ः नेपालले पाकिस्तानलाई १८१ रनको लक्ष्य दियो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७२ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १४ चैत । एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बङ्गलादेशको शेख कमल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले ब्याटिङ गरेको थियो । पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै नौ विकेटको क्षतिमा १७९ रन बनायो ।

कप्तान ज्ञानेन्द्र मल्ल २ रन, सागर पुन ४ तथा दीपेन्द्रसिंह ऐरी १४ रनमा आउट भएपछि नेपालको इनिङ्स सुनिल धमला र शरद भेषवाकरले सम्हालेका थिए । १२६ बलको सामना गर्दै धमलाले ४३ रनको योगदान दिए । यस्तै भेषवाकरले ५८ बल खेल्दै ३८ रन बनाए । विनोद भण्डारीले २४ तथा आरिफ शेखले १६ रनको योगदान दिए ।अहिले पाकिस्तानले नेपाल बिरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । पाकिस्तानले १८ ओभरको खेल सकिँदा एक विकेटको क्षतिमा ६७ रन बनाएको छ ।

नियमित कप्तान पारस खड्का यस प्रतियोगितामा अनुपस्थित छन् । प्रमुख तीन बलर शक्ति गौचन, सोमपाल कामी र वसन्त रेग्मी पनि टिममा छैनन् । नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान, बङ्गलादेश र हङ्कङ समावेश छन् । समूह ‘बी’मा भारत, श्रीलङ्का, मलेसिया र हङ्कङ रहेका छन् ।

एसियाली क्रिकेट परिषद् एसिसीको आयोजनामा प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङ्कङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बङ्गलादेश र श्रीलङ्काका २३ वर्ष मुनिका खेलाडीको सहभागिता रहेको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित