FLASH NEWS
  • Loading...

प्रधानमन्त्री छेङ्दुमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ आज छेङ्दु आइपुग्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सि चीनफिङसँग आज अपराह्न भएको भेटवार्तापछि प्रधानमन्त्री दाहाल पश्चिम चीनको गेट वेका रुपमा रहेको छेङ्दु आइपुग्नुभएको हो ।

प्रधानमन्त्री दाहाल छेङ्दुबाट मङ्गलबार ल्हासा आइपुग्नुहुनेछ । ल्हासामा चीनको स्वशासित क्षेत्र तिब्बतका सरकार प्रमुख तथा उच्च सरकारी अधिकारी र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग उहाँको भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिनुभयो ।

ल्हासाबाट प्रधानमन्त्री दाहाल बुधबार स्वदेश फिर्ता हुने कार्यक्रम छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित