FLASH NEWS
  • Loading...

आरआरमा स्ववियु निर्वाचन सम्पन्न ः एक तिहाई मात्र मत खस्यो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८१ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १५ चैत । काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनमा कुल मतदाता तीन हजार ५८१ मध्ये एक हजार २७६ मतदाताले मतदान गरेको स्ववियुका निवर्तमान सभापति राजकुमार हमालले जानकारी गराउनुभयो । दुईपटक स्थगित भएको निर्वाचनको मतदान बिहान ८ देखि साँझ ५ बजेसम्म भएको थियो ।

निर्वाचन गराउन ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । साँझ ६ बजेबाट छ स्थानमा मतगणना भइरहेको छ । तीन घन्टाभित्र निर्वाचन परिणाम घोषणा गर्ने तयारी रहेको छ ।

आठ वर्षपछि यहाँ स्ववियु निर्वाचन भएको हो । निर्वाचनमा अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही र नेपाल विद्यार्थी सङ्घबाट उत्तमबहादुर साउदको प्यानलबीच प्रतिस्पर्धा भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित