FLASH NEWS
  • Loading...

नेपाललाई पुरुष भलिबलमा पहिलो अन्तर्राष्टिय पदक

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १५ चैत । माल्दिभ्समा जारी तेस्रो एसियन भलिबल कन्फिडिरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।

नेपालले पुरुष भलिबल प्रतियोगितामा पाएको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो । माल्दिभ्सको राजधानी मालेमा आज भएको कीर्गिस्तानसँगको खेलमा ३–० को सोझो सेटमा पराजित भएपछि नेपाल तेस्रो स्थानमा सिमित भएको हो । कीर्गिस्तानसँगको खेलमा नेपाल १६–२५, २३–२५ र २०–२५ अङ्कले पराजित भएको हो ।

प्रतियोगितामा आयोजक माल्दिभ्ससँगै नेपाल, कीर्गिस्तान र टुर्किमिनास्तानको सहभागिता रहेको छ । यसअघि नेपालले माल्दिभ्सलाई हराएको थियो । कीर्गिस्तान र ताजिकिस्तानले सेन्ट्रल जोन उपाधिका लागि बिहिबार खेल्नेछन् ।

नेपालले चार दशकदेखि अन्तर्राष्टिय भलिबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । तर पुरुष भलिबल टोलीले पहिलोपटक पदक जितेको मालेमा रहनुभएका भलिबल प्रशिक्षक जगदिशप्रसाद भट्टले जानकारी दिनुभयो ।

नेपाली महिला भलिबल टोलीले भने दक्षिण एसियाली खेलकुदमा तीनवटा कास्य पदक जितिसकेको छ । ‘पहिलोपटक कास्य पदक जितेका छौँ, यो नेपाली भलिबलका लागि ठूलो सफलता हो’ प्रशिक्षक भट्टले भन्नुभयो ।

सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट नेपाली पुरुष भलिबल टिमले अन्तर्राष्टिय प्रतियोगितामा सहभागिता जनाउन थालेको हो ।

यस्तै नेपालले सन् १९७८, १९८२ र १९८६ मा एसियाली खेलकुदमा भाग लिएको थियो ।

सन् १९८७ को तेस्रो दक्षिण एसियाली खेलकुद (साग)देखि नियमित रुपमा सहभागिता जनाउँदै आएपनि नेपालले पुरुष भलिबलमा पदक जित्न सकेको थिएन । सागमा नेपालको महिला भलिबल टोलीले भने तीनवटा कास्य पदक जितेको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित