FLASH NEWS
  • Loading...

नरायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ६ घन्टा बन्द

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail

चितवन १५ चैत । निर्माणाधिन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ६ घन्टा बन्द गरेर निर्माण कार्य सुरु भएको छ ।

सडक निर्माण कार्यलाई तीव्रता दिन आजदेखि सो सडक बन्दको समयमा डेढ घन्टा बढाएर दैनिक ६ घन्टा पु¥याइएको हो । यसअघि दैनिक साँढे चार घन्टा मात्रै सडक बन्द हुँदै आएको थियो । नारायणगढ– मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले आजदेखि बिहान १० बजेबाट अपरान्ह्र ४ बजेसम्म सडक बन्द गरेर काम थालिएको जानकारी दिनुभयो । उहाँले निमार्णकार्य तीव्ररुपमा अघि बढाउनुपर्ने भएकाले समय बढाउनु परेको बताउनुभयो ।

आयोजनाले सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न समेत अपिल गरेको छ । यसअघि उक्त सडकखण्ड बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुँदै आएको थियो । आगामी वैशाखसम्ममा उक्त सडकको निर्माणकार्य सकिनुपर्नेमा काम ५० प्रतिशत पनि हुनसकेको छैन । जसका कारण अहिले झन्डै ९ महिना समय थप भएको खनालले जानकारी दिनुभयो ।

उक्त सडक कुल ३४ किलोमिटरको छ । तीन वटा ब्लकमा छुट्याएर ६ वटा कम्पनीले यहाँ निर्माणको काम गरिरहेका छन् । उक्त सडक भएर दैनिक झन्डै १० हजार सवारी आवागमन हुन्छन् । चितवन प्रहरीका अनुसार गाडी आवतजावतका लागि सहजीकरण गर्न विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित