FLASH NEWS
  • Loading...

न्याय परिषद्विरुद्ध सर्वोच्चमा रिट

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४९ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १५ चैत । सर्वोच्च अदालतमा उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयलाई लिएर न्याय परिषद्का विरुद्धमा रिट निवेदन दायर गरिएको छ ।

न्याय परिषद्लाई विपक्षी बनाई आज नायब महान्यायाधिवक्ता दुर्गावन्दु पोखरेलले दायर गर्नुभएको रिट निवेदनमा उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा सरकारी वकिलहरुबाट असाध्यै कम र वरिष्ठतालाई समेत नहेरी न्यायाधीश नियुक्ति गरिएको उल्लेख छ ।

गत पुस २८ गते न्याय परिषद्ले उच्च अदालतका लागि ८० जना न्यायाधीशको नियुक्ति गरेको थियो । जिल्ला न्यायाधीशबाट ३७, नेपाल बार एसोसिएसनबाट २७ तथा सहसचिव र विशिष्ठ श्रेणी–१६ जना (कानुन, न्याय र सरकारी वकिल समूह) जना नियुक्त भएका थिए तर त्यसमा सरकारी वकिलबाट एक जना मात्र प्रतिनिधित्व भएको थियो ।

सरकारी वकिलबाट एक जना मात्रै न्यायाधीशमा प्रतिनिधित्व गराएकाप्रति सरकारी वकिलले यसअघि पनि विरोध गरेका थिए । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित