FLASH NEWS
  • Loading...

सहिद गौतमको स्मृतिमा सालिक निर्माण हुने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८६ पटक पढिएको
Post Thumbnail

कञ्चनपुर, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्द बजारमा नेपाली भूमि रक्षामा लागिपर्दा भारतीय एसएसबीको गोली लागी ज्यान गुमाएका सहीद गोविन्द गौतमको सालिक निर्माण गर्ने भएको छ ।

राप्रपा पुनर्वास नगर कमिटीको पहलमा सहीद गौतमको उच्चसम्मान गर्दै सालिक बनाउने निर्णय गरेको हो ।

राप्रपाले पुनर्वास नगरपालिकाले उपलब्ध गराएको स्थानमा सालिक निर्माण गर्ने छ । राप्रपाका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले सहिद गौतमको सम्मानका साथ सालिक निर्माण गरिने बताउनुभयो ।

“राष्ट्रियतालाई पार्टीले मुख्य आदर्शका रुपमा लिएकाले सहादत प्राप्त गर्ने गौतमको स्मृतिमा पार्टीले आफ्नै लगानीमा सालिक निर्माण गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित