FLASH NEWS
  • Loading...

स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail

हेटौँडा, १६ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाको आठ गाउँपालिका, एक थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा निर्वाचन कार्यक्रम सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तहमा मकवानपुर जिल्लाको साविक ३५ गाविसमध्ये हाल पुनःसंरचनाअनुसार आठ गाउँपालिका कायम गरेको मकवानपुर जिल्ला समन्वय समितिले जनाएको छ । पुनःसंरचनाअनुसार अहिले मकवानपुरमा वाग्मती गाउँपािलका, वकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र भिमफेदी गाउँपालिका कायम गरिएकोे छ । यसैगरी उत्तरतर्फ मकवानपुरमा थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका छन् ।

स्थानीय तहको निर्वाचनअन्तर्गत आठ गाउँपालिका, एक थाहा नगरपालिका र एक हेटौँडा उपमहानगरपालिकामा स्थानीय निर्वाचन प्रयोजनका लागि कुल १६४ वटा मतदानस्थलको सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगबाट मतदाता नामावली अद्यावधिक भई आइनसकेकाले मकवानपुरमा हाल मतदाता सङ्ख्या उल्लेख गर्न असम्भव भएको छ ।

जिल्लाका आठवटै गाउँपालिकाबाट अध्यक्ष उपाध्यक्ष र थाहा नगरपालिकाका तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख उप्रप्रमुखसहित अब हुने निर्वाचनमा २० जना तथा कुल १०२ वडाबाट वडा अध्यक्ष र सदस्य गरी जम्मा ५३० जना निर्वाचित हुनेछन् । यसैगरी स्थानीय तहको निर्वाचनतर्फ जिल्लाको थाहा नगरपालिकाका १२ वडामा ३९ मतदानकेन्द्र र हेटौँडा उपमहानगरपालिकाका १९ वडामा ९८ मतदानकेन्द्र रहने अनुमान गरिएको छ ।

जिल्लाको निर्वाचन कार्यलाई शान्तिपूर्ण सम्पत्र गर्न एकीकृत रुपमा शान्ति सुरक्षाका लागि विभित्र चरणमा कार्यतालिका बनाई संवेदनशील क्षेत्रमा थप सुरक्षाका लागि जनशक्ति परिचालन गरिने एवम् निर्वाचनका आचारसंहिताको प्रतिपालन र दलगत रुपमा उम्मेदवारले आफ्नो प्रचारप्रसार गर्ने क्रममा निर्वाचनको आचारसंहितालाई आत्मसात् गर्ने र उम्मेदवारले अन्य दलको कार्यक्रमलाई अवरोध नगर्नेसमेत सर्वदलीय बैठकमा प्रतिबद्धता व्यक्त गरिएको प्रजिअ नारायणप्रसाद शर्मा दुवाडीले बताउनुभयो ।

जिल्लामा सङ्कलन भएको मतदाता नामावलीको तथ्याङ्कअनुसार १८ वर्ष पूरा गरेका स्थानीय नागरिकसमेतका लागि जम्मा ३०८ वटा मतदाता केन्द्र कायम हुन सक्ने अनुमान गरिएको जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले बताउनुभयो । यसैबीच स्थानीय तहको निर्वाचनमा सहभागी हुन मकवानपुर जिल्लामा कार्यरत नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (माले) लगायत सानासाना दलहरुले प्रत्येक गाउँपालिका र नगरपालिका क्षेत्रमा पुगेर चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित