FLASH NEWS
  • Loading...

राष्ट्रपतिबाट भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दज्र्यानी प्रदान

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५६ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतका स्थल सेनाध्यक्ष विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।

नेपाल र भारतबीच एकअर्काे मुलुकका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन रहिआएको छ ।

सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँण, मुख्य सचिव डा सोमलाल सुवेदी, प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी उपस्थित हुनुहुन्थ्यो । नेपाली सेनाका पूर्वप्रधानसेनापति, रक्षामन्त्रालयका उच्चपदस्थ अधिकारी र नेपाली सेनाका रथीबृन्दको पनि समारोहमा सहभागिता थियो । यसअघि रक्षामन्त्री बालकृष्ण खाँणसँग सेनाध्यक्ष रावतले शिष्टाचार भेट गर्नुभएको थियो ।

प्रधानसेनापति क्षत्रीको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत मङ्गलबार चार दिवसीय भ्रमणको सिलसिलामा नेपाल आउनुभएको हो । उहाँले नेपालका केही महत्वपूर्ण पर्यटकीय एवम् धार्मिकस्थल तथा नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्नुहुने नेपाली सेनाले जनाएको छ । पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको समेत उहाँले निरीक्षण गर्नुहुने कार्यक्रम छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित