FLASH NEWS
  • Loading...

जनकल्याणकारी कार्यक्रम ल्याउन सञ्चारमन्त्री कार्कीको सुझाव

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५१ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १६ चैत । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मन्त्रालय मातहतका निकायलाई जनकल्याणकारी कार्यक्रम ल्याउन निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७४÷७५ को प्रस्तावित कार्यक्रम तथा बजेट छलफल कार्यक्रममा उहाँले मातहतका निकायलाई जनताको प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकताका साथ अघि बढाउन जोड दिनुभयो ।

सरकारी सञ्चारमाध्यमले समाजमा विद्यमान विकृति र विसङ्गति हटाउन जनचेतनामूलक कार्यक्रम अघि बढाउनुपर्ने उल्लेख गर्दै मन्त्री कार्कीले भन्नुभयो, “मुलुकका दूरदराजमा खाद्य सामग्रीको उपयोग तथा सुरक्षासम्बन्धी ज्ञानको चेतना फैलाउने कार्यक्रम ल्याउनुस् ।”

समाजका हरेक क्षेत्र समावेशी नभएसम्म मुलुक समृद्धितर्फ अघि बढ्न नसक्ने भन्दै उहाँले मन्त्रालयबाट प्रवाह हुने सेवा दुर्गममा सहज रुपमा पु¥याउने व्यवस्था गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सबै निकायलाई सङ्घीय संरचनाअनुसारको प्रस्ताव ल्याउन निर्देशन दिँदै उल्लिखित सबै कार्यक्रमको औचित्य पुष्टि हुनुपर्ने बताउनुभयो । उहाँले संविधान, चौधाँै योजना, मन्त्रालयसँग सम्बन्धित ऐन नियम र सरकारका निर्णयका आधारमा बजेट प्रस्ताव गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन शाखा प्रमुख रुद्रादेवी शर्माले मातहतका निकायको आगामी आवको कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो । उहाँले मन्त्रालयलाई राष्ट्रिय योजना आयोगबाट आगामी आवका लागि रु चार अर्ब ९९ करोड ३० लाखको बजेट सिलिङ्ग प्राप्त भएको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष कुलचन्द्र वाग्ले, गोरखापत्रका संस्थानका महाप्रबन्धक सुशील कोइराला, नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोका, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झा, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल, मुद्रण विभागका लेखा अधिकृत रेना ढुङ्गानालगायतले आ–आफ्ना निकायका प्रस्तावका बारेमा थप स्पष्ट पार्नुभएको थियो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित