FLASH NEWS
  • Loading...

अग्निपीडितलाई सञ्चार सामग्री प्रदान

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४६ पटक पढिएको
Post Thumbnail

तेह्रथुम, १७ चैत । आठराई पत्रकार समाजले सक्रान्तिबजारका अग्निपीडितलाई राहतस्वरुप सञ्चार सामग्री प्रदान गरेको छ । नेपाल पत्रकार महासङ्घको ६२औँ स्थापना दिवसका अवसरमा बुधबार समाजले अग्निपीडित ३४ परिवारलाई एक कार्यक्रमबीच एक–एक थान रेडियो प्रदान गरेको हो ।

अग्निपीडितलाई सञ्चार सामग्री प्रदान गर्दै नेपाल पत्रकार महासङ्घ तेह्रथुम शाखाका निवर्तमान अध्यक्ष उद्धव तिम्सिनाले अग्निपीडितका लागि राहत सङ्कलनमा मिडियाले सबैभन्दा ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले सङ्कलित राहत रकम क्षतिका आधारमा वितरण गर्नसमेत सुझाव दिनुभयो ।

सोही अवसरमा समाजले स्थानीय त्रिमोहन माविमा लामो समयसम्म कार्यरत रही सो क्षेत्रको शैक्षिक उन्नयनमा योगदान पु¥याएको भन्दै समाजसेवी जीवन सिटौलालाई सम्मानसमेत गरेको छ ।

समाजका अध्यक्ष अमृत बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्निपीडितका प्रतिनिधि दीपेश प्रसाईं, राजनीतिक दलका तर्फबाट बलिराज इङनाम, नागरिक समाजका अध्यक्ष अनिरुद्र तिम्सिनालगायतले कार्यक्रमलाई सम्बोधन गर्दै सुशासन र पारदर्शिताको क्षेत्रमा पत्रकारले कलम चलाई सरोकारवालालाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित