FLASH NEWS
  • Loading...

स्वास्थ्य चौकीलाई रु १५ लाखको जग्गादान

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५० पटक पढिएको
Post Thumbnail

इलाम, १७ चैत । इलामको फाकफोकथुम गाउँपालिका–२ साबिक फाकफोक गाविसका एक समाजसेवीले आफ्ना बुबाको सम्झनामा स्वास्थ्य चौकीलाई लाखौँ मूल्य पर्ने जग्गा दान दिनुभएको छ ।

फाकफोकथुम–२ का खगेन्द्रप्रसाद चौहानले स्व बुबाको सम्झनामा स्वास्थ्य चौकीलाई रु १५ लाख मूल्य पर्ने पाँच रोपनी जग्गा दान दिनुभएको हो ।

स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसहितको भवन निर्माणका लागि चौहानले जग्गा दान दिएर पाससमेत गरिदिइसकेको स्वास्थ्य चौकीका लालबाबु यादवले बताउनुभयो । उक्त जग्गामा नयाँ आर्थिक वर्षदेखि भवन निर्माण कार्यको प्रक्रिया अघि बढाइने स्वास्थ्य चौकीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित