FLASH NEWS
  • Loading...

निर्वाचन हुने भएपछि मुसहर बासिन्दा हर्षित

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५५ पटक पढिएको
Post Thumbnail

पर्सा ९पोखरिया०, १७ चैत । यही वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन हुने भएपछि वीरगन्ज उप–महानगरपालिका– १९ स्थित इनरुवामा बसोवास गर्दै आएका मुसहर बस्तीका बासिन्दा हर्षित छन् ।

मुसहर बस्तीका बासिन्दा अजयले भन्नुभयो– “हाम्रो बस्तीमा अहिलेसम्म विकास भएको छैन । उप–महानगरपालिका भएको लगभग दुई दशक हुन लाग्दा पनि बिजुलीबत्ती र पानीको व्यवस्था अहिलेसम्म उपयोग गर्न पाएका छैनौ ।”

मुसहर बस्तीको विकासका लागि कति पटक वीरगन्ज उप–महानगरपलिका र जिल्ला प्रशासन कार्यालय धाए पनि हालसम्म कुनै विकास हुन नसकेको दुखेसो प्रदिपको छ ।

निर्वाचनकोे घोषणा भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पर्सा जिल्लामा बिरोध गर्दै आए पनि सरकारले स्थानीय निकायको निर्वाचनमा मत खसाल्ने वातावरण मिलाएर सुरक्षा प्रदान गरे आफूहरु मत खसाल्न जाने मुसहरहरुले बताएका छन् । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित