FLASH NEWS
  • Loading...

हत्यारा पक्राउ गर्न नसकेकोमा राजीनामा माग

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६० पटक पढिएको
Post Thumbnail

जाजरकोट, १८ चैत । नेपाली काँग्रेस जाजरकोटका वेदराज सिंहले जाजरकोटका काँग्रेस नेता रवीन्द्र शाह हत्या प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नुभएको छ ।

नेपाल विद्यार्थी सङ्घले सदरमुकामको ठाँटीबजारमा विहिबार गरेको विरोधसभामा सिंहले राजिनामा माग्नुभएको हो ।

त्यस्तै, नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेले पनि गृहमन्त्रीको राजीनामा माग्नुभएको छ । शाहको हत्या भएको ४८ घन्टा बितिसक्दा पनि हत्यारा पक्राउ गर्न नसकेको भन्दै उहाँले पनि गृहमन्त्रीको राजीनामा माग्नुभएको हो ।

गृहमन्त्रीले आफ्नो मात्र सुरक्षा गर्ने हो कि जनताको पनि सुरक्षा गर्ने हो भन्दै वक्ताहरुले प्रश्नसमेत गरेका थिए ।

हत्या भएका रवीन्द्र शाहको बिहीबार दाहसंस्कार गरिएको छ । प्रहरीले अहिलेसम्म हत्याका विषयमा केही पनि जानकारी दिएको छैन । शाहको चैत १५ गते बेलुका हत्या भएको थियो । उहाँ नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य तथा पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष हुनुहुन्थ्यो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित