FLASH NEWS
  • Loading...

आमा अर्कैसँग गएपछि बालबच्चा बिचल्लीमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६० पटक पढिएको
Post Thumbnail

जुम्ला, १८ चैत । यहाँकी एक महिलाले श्रीमान्ले विदेशबाट पठाएको रु सात लाख साथमा लिएर अर्कैसँग हिँडेपछि उनका तीन बालबच्चा बिचल्लीमा परेका छन् । उनी साविक डिल्लीचौर–३ लोर्पा गाउँकी २८ वर्षीया सुज्र्या बुढा हुन् ।

बुढाले १८ दिनअघि तत्कालीन मालिकाठाँटा–१ का मीनबहादुर रावतसँग विवाह गरेपछि बालबच्चा बिचल्लीमा परेका हुन् । केटा सदरमुकाम पढ्न आएको र केटीले कुमारी हुँ भनेपछि विवाह गरेको हालका श्रीमान रावत पक्षका कृष्णबहादुर रावतले बताए ।

दुई वर्षका लागि १८ महिनाअघि वैदेशिक रोजगारमा गएका सुज्र्याका श्रीमान् विष्णुबहादुर बुढाले पटक पटक गरेर रु सात लाख ८३ हजार पठाएका थिए । तर नगद कुनै नराखेर अर्कैसंग हिँडेपछि दुई वर्षको नाबालकसहित युकेजीमा पढ्ने दुई छोरा अहिले बिचल्लीमा परेका पीडितका आफन्त भक्तबहादुर बुढाले बताउनुभयो ।

पीडित विष्णुबहादुर बुढा हाल कतारमा छन्, उनी नेपाल आउन अझै ६ महिना बाँकी रहेको आफन्त भक्तबहादुर बताउँछन् । अहिले सुज्र्या बुढा र मीनबहादुर रावत दुवैलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ ।

पीडित पक्षधरले बुढाले हालसम्म बालबच्चा पालेको, घरमा बस्दा विविध क्षेत्रमा खर्च भएको रु तीन लाख छुटृाएर रु चार लाख ८३ हजार नगद फर्काउन माग गरेका छन् । रकम के कति हो भन्ने कुराको जानकारी लिन खोज अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित