FLASH NEWS
  • Loading...

कर्णाली नदीमा पौडी खेल्दा दुई बेपत्ता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७२ पटक पढिएको
Post Thumbnail

कालीकोट, १८ चैत । जिल्लाको लालिघा जिटे बजारस्थित कर्णाली नदीमा पौडी खेल्दा दुईजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भट्ट गाविस–८ का १३ वर्षीय महेन्द्र धिताल र राम्नाकोट–२ का रत्नप्रसाद आचार्य छन् ।

प्रहरी चौकी हुल्मका प्रमुख कर्मवीर चौधरीकाअनुसार धितालले पौडी खेल्ने क्रममा थाकेर बचाऔं–बचाऔं भनिरहेकाले आचार्य बचाउन जाँदा दुवैजना बेपत्ता भएका हुन् । बेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको प्रमुख चौधरीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित