FLASH NEWS
  • Loading...

सरकारी कार्यालयमा सरसफाई हुनुपर्नेमा मन्त्री शाहीको जोड

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १९ चैत । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले सरकारी कार्यालयमै सरसफाइ नभएको भन्दै सरकारी कार्यालयको सरसफाइ हुनु पर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सरसफाइ निर्देशन समितिको बैठकमा बोल्दै मन्त्री शाहीले सरकारी कार्यालयको शौचालय र सार्वजनिक शौचालयहरु अत्यन्तै अव्यबस्थित भएकाले त्यसको सरसफाई गर्न सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो । मन्त्री शाहीले सरकारी निकायहरुले आफ्नो शौचालय सफा नगर्दा दुर्गन्धित बन्ने गरेकाले त्यसले मुलुकको इज्जतमा समेत असर पुगेको बताउनुभयो ।

मन्त्री शाहीले शुद्ध खानेपानी र सरसफाइका कारण ७५ प्रतिशत रोगको संक्रमणबाट बच्च सकिने भन्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले काठमाडौँमा सार्वजनिक शौचालयको व्यवस्था गर्नु पर्ने धारणा राख्नुभयो । शाहीले २०१७ डिसेम्बर भित्र मुलुकलाई खुला दिशा मुक्त बनाउनु पर्ने भन्दै सबैले त्यसमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा खानेपानी राज्यमन्त्री दीपक खडकाले हरेक स्थानीय तहमा सार्वजनिक शौचालय निर्माण गर्न राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । खानेपानी मन्त्रालयका सचिव भिम उपाध्यायले सरसफाईमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ र स्वास्थ्य मन्त्रालयका अनुगमन महाशाखा प्रमुख दिपेन्द्ररमण सिंह लगायतले आफ्नो धारणा राख्नुभएको थियो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित