FLASH NEWS
  • Loading...

वनको जग्गा आफ्नो नाममा हाल्ने व्यक्ति पक्राउ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail

रौतहट, १९ चैत । सरकारी कागज कीर्ते गरी राष्ट्रिय वनको जग्गा आफ्नो नाममा हाल्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गुजरा गाउँपालिका १ का नारायण बन्ठालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला वन कार्यालयले राष्ट्रिय वनको जग्गालाई आफ्नो नाममा हाल्ने बन्ठाविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि फरार रहेका उनलाई इलाका वन कार्यालय सिमरीका सहायक वन अधिकृत वैद्यनाथ मन्डलको नेतृत्वमा खटिएको वन कर्मचारी तथा प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्लाको उत्तरी भेगमा पर्ने रंगपुर गाविस ५ मा रहेको राष्ट्रिय वनको स्वामित्वमा रहेको जग्गालाई अतिक्रमण गर्दै करिब एक सय २२ बिगाहा जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा नामसारी गरेका थिए । सरकारी छाप कीर्ते गरी वनको जग्गा व्यक्तिको नाममा पास गराउने व्यक्ति हाल फरार रहेका छन् ।

यसैगरी वन कार्यालयका तत्कालिन रेन्जर राम केवल यादवको संलग्नतामा सो वनको जग्गा व्यक्तिको नाममा पास गरिएको आरोपमा हाल जिल्ला वन कार्यालय गुल्मीमा कार्यरत यादवविरुद्ध मुद्दा दर्ता गरी दैनिक तारेखमा राखिएको जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित